मुसलधारे वर्षा, बाढी, पहिरोका कारण दक्षिणी चीनको गुआंडोङ प्रान्तमा ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्।
चीनमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४७ जनाले ज्यान गुमाएका छन्। दक्षिणी चीनको गुआंडोङ प्रान्तमा मुसलधारे वर्षा र बाढीबाट शुक्रबार थप ३८ जनाले ज्यान गुमाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
सरकारी प्रसारक सीसीटीभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआन बराबरको नोक्सान भएको उल्लेख गरेको छ। भारी वर्षका कारण बाढी र पहिरो जाँदा पिंयुआन काउन्टीका आठ वटा बस्तीमा ठूलो क्षति पुगेको छ।
केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा ठूलो बाढीमध्येको एक आएको सीसीटीभीले बताएको छ। बिहीबार सबैभन्दा धेरै वर्षा भएको थियो। यस दिन औसत १९९ मिमी (७.८३ इन्च) र एउटा शहरमा ३६५.७ मिमी (१४.४ इन्च)सम्म वर्षा भएको थियो।
अधिकारीहरूले बिहीबार ९ जनाको मृत्यु भएको बताएका थिए। सीसीटीभीका अनुसार मेइझोउको मेक्सियान जिल्लामा चार जना र जियाओलिङ काउन्टीमा पाँच जनाको मृत्यु भएको थियो। शुक्रबार थप ३८ जनाले ज्यान गुमाएको समाचारमा जनाइएको छ।
“प्रकोपको जटिलताका कारण फसेका मानिसको खोजी र उद्धार कार्य कठिन भएको छ र उद्धारमा समय लाग्नेछ,” सीसीटीभीले भनेको छ। मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा ३५६ किलोमिटर सडक भत्किएको, एक सय भन्दा बढी पुलमा क्षति पुगेको र खेतीयोग्य जमिन डुबानमा परेको समाचारमा जनाइएको छ।
राष्ट्रिय मौसम विज्ञान केन्द्रले आगामी २४ घण्टामा देशका अन्य भूभागमा पनि मुसलधारे वर्षा सम्भावना रहेको प्रक्षेपण गरेको छ। त्यस्तै दक्षिणी क्षेत्रका केही प्रान्त र उत्तरका केही स्थानमा प्रतिकुल मौसमसम्बन्धी चेतावनी जारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
