संखुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढी पहिरोले २४ घर परिवार विस्थापित भएका छन्।
संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढी पहिरोले २४ घर परिवार विस्थापित भएका छन्।
एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढी पहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।
उच्च जोखिममा परेका ती परिवारहरूलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उनले बताए। बाढी पहिरोले मानवीय क्षति भने भएको छैन।
क्षतिको विवरण संकलनको काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए। उनका अनुसार खोल्साको बाढीले सडकसमेत बगाएको छ।
भोटखोला गाउँपालिका–४ मा पर्ने लामाबगर माथिबाट आएको पहिरोले करिब ३० मिटर सडक बगेको छ। सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिराले ३५ मिटर सडक पुरेको प्रजिअ खड्काले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
