पाँच सयले बढ्यो सुनको मूल्य

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

सुनचाँदी बजारमा प्रतितोला ९८ हजार १०० रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० सय छ।

उता चाँदी भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदी एक हजार ३०० पुगेको महासंघले जनाएको छ।