च्याउ खाएर बिरामी परेका ८५ वर्षीय द्रोणपति गुरुङको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ।
आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीय द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
च्याउ खाएर बिरामी परेका गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको डीएसपी दीपककुमार रायले जानकारी दिए।
अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
असार १ गते घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा ५४ वर्षीय डिलबहादुर गुरुङले उहाँसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
