कोशी प्रदेशसभाको शनिबारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको छ।
विराटनगर– कोशी प्रदेशसभाको शनिबारको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेश गरेका थिए।
नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सविना बजगाईंले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
त्यसअघि विशेष समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न खडा हुन नदिन प्रदेशसभा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेशका धेरै ऐनमा त्रुटि भएकाले कार्यान्वयनमा समस्या हुने बताए। “निजामती सेवा ऐन, यातायात सेवा ऐन र प्रदेश प्रहरी ऐनमा गम्भीर त्रुटि छन्,” उनले भने।
नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले सार्वजनिक गरेको बजेट सन्तुलित रहेको बताए। अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगन भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
