दोलखाका १० मतदान केन्द्रमा दिउँसाे १२: ४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन्।
दोलखा– दोलखामा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि मतदान सुरू भएको थियो।
शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र मतदाता उत्साहित देखिएको उनले बताए। दोलखाका १० मतदान केन्द्रमा आज मतदान भइरहेको हो। उक्त मतदान केन्द्रमा चार स्थलमा आठ हजार ५१४ मतदाता छन्।
आयोगले वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर मावि केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति मावि पुतली काठ केन्द्रको क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात स्थानमा पुनः मतदान गर्ने निर्णय गरेको थियो।
यसैगरी वैत्यश्वर–३ को कालीढुङ्गा मावि मतदान केन्द्रस्थित क, ख र ग मतदान केन्द्रमा पनि मतदान भइरहेको छ। मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
