डोल्पाको फोक्सुन्डो खोलामा डुबेर २ बालिकाको मृत्यु

डोल्पाको फोक्सुन्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ। 

प्रतीकात्मक तस्वीर

सुर्खेत– डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाको फोक्सुन्डो खोलामा डुबेर शनिबार दिउँसो दुई बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना विष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए। 

प्रहरीका अनुसार दुवै जना आज बिहान खाना खाएर फोक्सुन्डो खोला सरसफाइ गर्न भनेर गएका थिए। मृतक विष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए।