तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ रहेको छापावाल सुन आइतबार एक लाख ४२ हजारमा कारोबार भइरहेको छ।

काठमाडौँ– स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि एक लाख ४२ हजार निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएकामा आइतबारका लागि एक लाख ४१ हजार ३०० निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार ८१५ निर्धारण भएको महासंघले जनाएको छ।