एक हप्तायता महानगरको सफाइ समूह राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा जुटेको छ। यसअघि रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुशी सफाइ गरिएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नदीहरूको सफाइका लागि अभियान नै चलाएको छ। महानगरभित्रका रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुशी सफाइ गरिसकेको छ।
वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको सफाइ समूहले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन्। समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ। अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहर भेटिएको समूहका ‘सुपरभाइजर’ सागर लुइँटेलले जानकारी दिए।
उता, सफाइ गरुन्जेल सफा देखिएको रुद्रमतीमा पुन: प्लास्टिकलगायत फोहर थुप्रिन थालेको कपनका स्थानीय लक्ष्मण ढकालले बताए। महानगरपालिकाले सफाइ गर्ने तर नदीमा हेरालु नराख्दा ‘हिँड्दैछ पाइला मेट्दैछ’ भनेजस्तो अवस्था देखिएको उनले सुनाए।
महानगरपालिकाले यस क्षेत्रका अन्य नदी पनि यसरी सफाइ गर्ने जनाइएको छ। महानगर क्षेत्रका नदीमा सिधै ढल र फोहर हाल्नाले दुर्गन्धित बनेको छ। नदी किनारबाट हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ। २०७० जेठ ५ गतेदेखि बागमती सफाइ शुरू गरिए पनि नदी अपेक्षाकृत सफा हुन सकेको छैन।
बागमती सफाइ महाअभियानले ५८० हप्ता पार गरे पनि नदीको अवस्थामा धेरै परिवर्तन आएको छैन। बागमतीसँगै उपत्यकाका सबै नदी र चक्रपथ सफाइ अभियान चलाइए पनि नदीका अवस्था उस्तै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
