प्याकुरेलले आफूलाई नसोधेरै राजदूतमा नाम सिफारिस गरिएको र राजदूत बन्ने आफ्नो चाहना नै नभएको भन्दै पद स्वीकार नगरेको बताएका छन्।
काठमाडौँ– सरकारले दक्षिण कोरियाका लागि नेपाली राजदूतमा सिफारिस गरेका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन्। उनले आफूलाई जानकारी नै नदिई राजदूतमा नाम सिफारिस गरिएकाले राजदूत बन्न इन्कार गरेको बताएका छन्।
मन्त्रिपरिषद्को बैठकले विभिन्न आठ देशमा सत्तारुढ नेकपा एमालेका तर्फबाट प्रस्तावित राजदूत सिफारिस गरेको थियो। प्याकुरेलले आफूले पद स्वीकार नगर्ने जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएका छन्।
प्याकुरेलले यससम्बन्धी पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराएको जानकारी दिँदैउकालोसँग भने, “मैले यसबारे लिखित धारणा नै सार्वजनिक गरिसकेँ, म राजदूत बन्दिनँ।”
प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्। यसअघि उनी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार थिए। तर त्यसबेला पूर्वसभामुख अग्नि सापकोटाको द्वन्द्वकालसम्बन्धी मुद्दाको सन्दर्भमा राष्ट्रपतिसँग असहमति जनाउँदै उनले राजीनामा दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
