रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ।
भारतमा विषाक्त मदिराको सेवनबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तमिलनाडु राज्यका मुख्यमन्त्री एम.के स्टालिनले मंगलबार मदिरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य दर्जनौँ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका थिए। स्थानीयस्तरमा उत्पादन गरेको मदिरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए। रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो।
भारतमा ब्याकस्ट्रिट डिस्टिलरीहरूमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौँ मानिसहरू मर्छन्, तर यो विषाक्तता हालका वर्षहरूमा थप भयानक दखिएको छ। रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ।
कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा ६० रुपैयाँ मूल्य पर्ने उक्त रक्सी किन्ने र काम गर्नु अघि पिउँने र यसैको नशामा काम गर्ने गरेको इन्डियन एक्सप्रेस पत्रिकाले उल्लेख गरेको छ। रक्सीको सेवनपछि कतिपयले आँखा देख्न नसकेको बताएका थिए भने कतिपय बेहोस भई सडकमै ढलेका र उनीहरूमध्ये केहीको तत्काल मृत्यु भएको थियो।
कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी एम.एस प्रशान्तले घटनासँग सम्बन्धित व्यक्तिमध्ये शनिबारसम्ममा ५३ जनाको मृत्यु भएको बताएका छन्। केही भारतीय सञ्चारमाध्यमले आइतबार मृतकको संख्या ५५ पुगेको बताएका थिए तर यसको कुनै आधिकारिक पुष्टि भएको छैन।
प्रशान्तले नक्कली रक्सी त्रासदीसँग सम्बन्धित सात जनालाई पक्राउ गरिएको बताए। इन्डियन एक्सप्रेसले बिहीबार विषालु पेय पदार्थको प्याकेट पिएर मृत्यु भएका एक मजदुरकी पत्नी कोलान्जीसँग कुरा गरेको थियो। कोलान्जीका अनुसार स्थानीयले सरकारी पसलहरूबाट रक्सी किन्न नसक्ने तर नशाका लागि दुषित मुनसाइन नामक रक्सी पिउने गर्छन्।
भारतका धेरै भागहरूमा रक्सी बेच्न र सेवन गर्न निषेध गरिएको छ, जसले गर्दा घातक ब्याकस्ट्रिट मुनसाइनजस्ता पेय पदार्थको कालोबजारी फस्ट्याएको छ।
गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
