सामान्य अंकले घटेको नेप्सेमा ४ अर्ब ३७ करोडको कारोबार

आइतबार वित्त समूह ५.४९ र अन्य समूह ०.२५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ को बिन्दुमा कायम भएको हो।

आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ६१ हजार ५१३ पटक खरिदबिक्री हुँदा चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन वित्त समूह ५.४९ र अन्य समूह ०.२५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लघुवित्त समूह १.२३ र होटल तथा पर्यटन समूह १.१० प्रतिशतले घटेको छ।

रिलायन्स फाइनान्स लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.५८ र सनराईज ब्लुचिप फन्डको शेयर मूल्य ५.२४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको १७ करोड १३ लाख ५२ हजार ३९१ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा यस दिन सबैभन्दा धेरै रिलायन्स फाइनान्स लिमिटेडको तीन लाख नौ हजार ४४३ कित्ता शेयर किनबेच भएको छ।