कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ।

काठमाडाैँ– हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ, साथै बाँकी भूभागमा स्थानीय वायुको  आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यही मनसुनी प्रणालीका कारण यी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा साथै गण्डकी र लुम्बिनीका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका  एकदुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।