रुसको राष्ट्रिय आतंकवाद विरोधी समितिले यसलाई आतंकवादी आक्रमण भएको जनाएको छ।
रुसको उत्तरी ककेसस क्षेत्रमा आइतबार बन्दुकधारी समूहले आक्रमण गर्दा त्यहाँका पादरीसहित कम्तीमा १५ प्रहरीको मृत्यु भएको छ।
समाचार एजेन्सी एपीले जनाएअनुसार त्यस क्षेत्रमा रहेका दुई अर्थोडक्स चर्च, एक सेनेगग (यहुदीको सभाहल) र दुई वटा प्रहरी चौकीमा आक्रमण भएको हो। यी हमलामा परेर दर्जनौँ मानिस घाइते भएका छन्। घाइते हुनेमध्ये अधिकांश प्रहरी नै रहेको समाचारमा उल्लेख छ।
रुसको आन्तरिक मन्त्रालयले केही अज्ञात व्यक्तिले सेनेगग र चर्चमा स्वचालित हतियारले गोली चलाएको जनाएको छ। यस्तै, त्यहाँको राष्ट्रिय आतंकवाद विरोधी समितिले यसलाई आतंकवादी आक्रमण भएको जनाएको छ।
रुसी अधिकारीहरूले आतंकवादी हमलाको अनुसन्धान शुरू गरेका छन्। उत्तरी ककेससमा पर्ने मुस्लिम बाहुल्यता भएको क्षेत्रमा आक्रमण भएको हो। त्यहाँ रहेका पुरातन यहुदी समुदायको केन्द्रसहित प्रहरी चौकीलाई आक्रमणकारीले निशाना बनाएका छन्। आक्रमणकारीको समूहले पादरीको हत्या गरेको बताइएको छ।
सीएनएनले दागेस्तान पब्लिक मोनिटरिङ कमिसनका अध्यक्ष शमिल खादुलेभलाई उद्धृत गर्दै भन्यो, "मैले प्राप्त गरेको जानकारी अनुसार पादरी निकोलेको डर्बेन्टको चर्चमा हत्या भएको थियो। उनीहरुले उनको घाँटी काटिदिए। उहाँ ६६ वर्षको हुनुहुन्थ्यो र धेरै बिरामी हुनुहुन्थ्यो।" यस्तै, यहुदी समुदायको पुरानो सेनेगगमा आक्रमणपछि आगलागी भएको समाचारमा उल्लेख छ।
रसिया टुडेका अनुसार आक्रमणपछि संदिग्धहरू गाडीमा फरार भएका छन् र प्रहरीले अहिले उनीहरूको खोजी गरिरहेको छ। केही रिपोर्टहरूका अनुसार आक्रमणकारीहरूमाथि पनि गोली चलाइएको थियो र दुई आतंककारीहरू मारिएका थिए। रिपब्लिक अफ दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले एक विज्ञप्ति जारी गर्दै केही अज्ञात व्यक्तिहरूले सामाजिक अवस्था बिगार्ने प्रयास गरेको बताए।
यसअघि गत मार्च २२ मा पनि रुसको राजधानी मस्कोस्थित क्रोकस सिटी हलमा आतंकवादी हमलामा ६० जनाको मृत्यु र सयौँ घाइते भएका थिए। उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
