मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई सरुवा गर्ने निर्णय गरेको हो।
काठमाडौँ– सरकारले मुख्यसचिवबाट निलम्बित वैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ। अन्तःशुल्क स्टिकर खरिद प्रकृयामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरेको हो।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
शर्माले भनिन्, "मुख्यसचिवविरुद्ध मुद्दा दर्ता भएसँगै उहाँ स्वत निलम्बनमा पर्नुभएको छ। हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निणर्य भएको छ।"
शर्माले अर्यालको अवधिभर उक्त विशेष पद रहने समेत बताएकी छन्। अर्यालविरुद्ध आइतबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ। तर मन्त्रीले मुद्दा दर्ता हुँदैमा दोषी प्रमाणित नहुने भन्दै सरकारले यस्तो निर्णय गरेको बताइन्।
"कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित हुँदैन। मुद्दा अवधिभर उहाँ (बैकुण्ठ अर्याल)को पद स्वतः निलम्बनमा हुन्छ। त्यो पद रिक्त भएको अवस्था होइन," उनले भनिन्, "एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ, अर्कोतिर पद रिक्त भएको छैन। त्यसैले कायम मुकायम वा रिकन्फर्म गर्न र अरू कुनै निर्णय गर्न पनि बाटो नखुल्ने भएकाले विशेष पद सिर्जना गरिएको हो। उहाँको अवधिभर त्यो विशेष पद रहन्छ। उहाँको कार्यअवधि सकिएर अवकाशमा गएपछि उहाँका लागि सिर्जित विशेष पद स्वतः हट्छ।"
यस्तै, बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ। अर्को मुख्य सचिव नियुक्त नहुँदासम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन्।
यस्तै, आजको बैठकले आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी १६ अर्ब ९९ करोड, २२ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान रकम हस्तान्तरण गर्ने निणर्य पनि गरेको शर्माले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
