चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिदबिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
चितवन– चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिदबिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। निकुञ्जले उनीहरूविरुद्ध सोमबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार मुद्दा दायर गरिएकाहरूमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीये बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका–८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परियार, रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री रहेका छन्।
बागलुङको जैमिनी नगरपालिका–७ बस्ने २८ वर्षीय कमल राना, सोही नगरपालिका–१० को राडखानी बस्ने ३८ वर्षीय नगेन्द्र थापा, सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय खड्कबहादुर थापा, स्याङ्जाको नीरकोट नगरपालिका–९ घर भई हाल बुटवल–४ बस्ने ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
उनका अनुसार गत वैशाख २८ गते भरतपुर–९ क्षेत्रमा एकसिंगो गैँडाको खाग खरिदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका थिए। सो क्रममा मुद्दा दायर भएकाहरूमध्ये सन्तबहादुर कुमाललाई खानतलासी गर्दा उनका साथबाट संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खागजस्तो वस्तु भेटिएपछि थप अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीको भनाइ छ।
तिवारीका अनुसार प्रतिवादीहरूमध्ये सन्तबहादुर भन्ने पंकज कुमाललाई यसभन्दा पहिला पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा आठ वर्ष कैद सजाय भएको थियो। उनी ५० हजार जरिबाना तिरेर ६ वर्षअघि छुटेका थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) अनुसार कारबाहीको माग राखी मुद्दा दायर गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
