साउदी अरबका अनुसार २०२४ को हज तीर्थयात्राका क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ८३ प्रतिशत ‘अनधिकृत रूपमा’ हज यात्रामा आएका थिए।
साउदी अरबले २०२४ को हज तीर्थयात्राका क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको आइतबार जनाएको छ। गर्मीको तनाव र अनधिकृत यात्राका कारण पाँचमध्ये चार जनाको मृत्यु भएको साउदी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।
साउदी सरकारले ‘स्वास्थ्य सेवा तथा सुविधाले यस वर्ष गर्मीको कारण बिरामी परेका धेरै मामिलालाई सम्बोधन गरेको तथा केही व्यक्तिहरू अझै पनि हेरचाहमा रहेको जनाउँदै दुर्भाग्यवश मृतकको संख्या एक हजार ३०१ पुगेको’ जनाएको छ।
मृत्यु हुनेमध्ये ८३ प्रतिशत ‘अनधिकृत रूपमा’ हज यात्रामा गएका थिए। उनीहरूमध्ये धेरैले पर्याप्त आश्रय या आरामबिना सूर्यको तातो प्रकाशमा लामो दूरी पैदल हिँडेको साउदी अरबका सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा जनाइएअनुसार मृतकमध्ये ‘धेरै वृद्ध र दीर्घ बिरामी व्यक्ति’ रहेका छन् भन सबै मृतकको परिवार पहिचान गरिएको छ। विज्ञप्तिमा यस वर्षको हज तीर्थयात्राका क्रममा सयौँको मृत्यु र घाइते हुनुको मुख्य कारण चरम गर्मी रहेको उल्लेख छ। सोमबार मक्काको तापक्रम रेकर्ड १२५ डिग्री फरेनहाइट पुगेको थियो।
अनौपचारिक तीर्थयात्रीका कारण समस्या बढेको अधिकारीले बताएका छन्। साउदी अरबले हजका लागि पवित्र शहर मक्कामा १८ लाख व्यक्तिलाई मात्र यात्राका लागि अनुमति दिएको थियो।
यसैबीच तीर्थयात्रीले यस वर्षको हज तीर्थयात्राका लागि पूर्वाधार व्यवस्थापन कमजोर भएको भनी साउदी अधिकारीको आलोचना गरेका छन्। आधिकारिक भ्रमणमा रहेका तीर्थयात्रीले पनि आफ्नो दिनको ठूलो हिस्सा भीषण गर्मीमा बाहिर हिँडेर बिताएको बताएका छन्। सीएनएनसँग कुरा गर्दै केही प्रत्यक्षदर्शीले उनीहरूले उपासकहरूलाई बेहोस भएको र सेतो कपडाले ढाकिएको देखेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
