कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानून र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित सरकारलाई आवश्यक सुझाव दिने गरी समिति बनाइने गृहमन्त्री रवि लामिछाने बताए।
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानून निर्माण गर्न सरोकारवाला मन्त्रालयबीचको समन्वयमा समिति बनाइने बताएका छन्।
अछाममा छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाका सम्बन्धमा सोमबार गृह मन्त्रालयमा महिला जनप्रतिनिधि र अभियन्तासँगको छलफलमा उनले यस प्रकारका घटना हुन नदिनका लागि प्रभावकारी कदम चालिने स्पष्ट पारेका हुन्।
उक्त समितिले कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानून र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित आवश्यक सुझाव सरकारलाई दिनेछ। सोही समितिको सिफारिसका आधारमा यस्ता कुप्रथा निर्मूल पार्नका लागि सरकारले प्रभावकारी योजना बनाइने उपप्रधानमन्त्री लामिछानेले उल्लेख गरे।
“अछाममा जुन घटना भयो, त्यो दखद् हो। गृह प्रशासनले त्यसका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ। तर विषय यो मात्र होइन। आगामी दिनमा यस्ता घटना हुन कसरी नदिने? हाम्रो ध्यान त्यसतर्फ छ,” उनले भने। कुप्रथा अन्त्यका लागि सरकारले चलाइरहेका कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा प्रश्न उठेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले यसअघि भएका अध्ययनको निष्कर्ष फेरि अध्ययन गरी प्राप्त सुझावका आधारमा प्रभावकारी गरिने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा सांसद तथा अभियन्ताले छाउगोठ भत्काएर मात्रै कुरीति अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताएका थिए। छाउगोठ बनाउनु कानूनी रूपमै अपराध भएको भन्दै त्यस्ता गोठमा राख्ने घरमुलीलाई पनि कानूनको दायरामा ल्याउनुपर्ने उनीहरूको सुझाव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
