सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बालयौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको छ।
काठमाडौँ– सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई बालयौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको छ।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो। अदालतका स्रेस्तेदार सदन अधिकारीले बालयौन दुरूपयोग कसुरमा दोषी ठहर भएका बम्जनलाई सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकिएको जानकारी दिए।
आफूलाई तपस्वी भनेर चिनाउने बम्जनविरुद्ध बालयौन दुरुपयोगमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क१) को छोरी वर्ष १८ की परिवर्तित (क)को जाहेरी परेको थियो।
सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। त्यसपछि उनी महोत्तरी कारागार जलेश्वरमा छन्।
बम्जनलाई गत पुस २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
