निर्मला कुर्मी र सुमदरानी थारुको न्यायका लागि भन्दै विभिन्न माग राखी आन्दोलनरत रुवि खान र सरकारी वार्ता टोलीबीच पाँचबुँदे सहमति भएको छ।
काठमाडौँ– सरकार र आन्दोलनरत रुवि खानबीच पाँचबुँदे सहमति भएको छ। सोमबार राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीको रोहबरमा खान र सरकारी वार्ता टोलीबीच पाँचबुँदे सहमति भएको हो।
निर्मला कुर्मी र सुमदरानी थारुको न्यायका लागि भन्दै विभिन्न माग राखी खान अनशनरत थिइन्। उनका मागका विषयमा वार्ता गर्नका लागि असार १ गते गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गृह मन्त्रालयले सरकारी वार्ता टोली गठन गरेको थियो। वार्ता टोली र खान नेतृत्वको वार्ता टोलीबीच गृह मन्त्रालयमा भएको वार्तापछि पाँचबुँदे सहमति भएको हो।
न्यायको माग राख्दै अभियान सञ्चालन गरेकी खान १८औँ दिनदेखि आमरण अनशन थिइन्। सहमतिपछि खानलाई गृहमन्त्री रवि लामिछानेले जुस र पानी पिलाएका थिए। खानको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो।
सहमतिपत्रमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान कार्यलाई प्राथमिकताका साथ यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनहरूसमेतको अध्ययन/विश्लेषण गरी कानूनबमोजिम प्रस्तुत विषयको शीघ्र निरूपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखी पठाउने उल्लेख छ।
त्यस्तै, सुमदरानी थारुको घटना सम्बन्धमा बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपितलाई शीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन भइरहेको काम कारबाहीमा शीघ्रता ल्याउन, बाँके जिल्ला प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन सहजीकरण, नियमित सुपरिवेक्षण तथा निगरानी गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई लेखी पठाउने सहमति भएको छ।
त्यस्तै, आन्दोलनरत पक्ष र उनीहरूको परिवारको उचित एवं प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन बाँके प्रशासनमा लेखी पठाउने र अनशनरत खानले जारी राखेको आन्दोलनका कार्यक्रम अन्त्य गर्ने पनि सहमति भएको छ।
सहमति पत्रमा आन्दोलनरत पक्षका तर्फबाट खानसहित मनकुमारी गुरताल, ललिता थारुलगायत र सरकारी वार्ता टोलीका संयोजक उपसचिव एकदेव अधिकारी, प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपानेले हस्ताक्षर गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
