सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा हिँडडुलमा पनि समस्या भएको छ। दक्षिण क्षेत्रका नागरिकले हालसम्म आश्वासन मात्र पाएको स्थानीयको भनाइ छ।
महेन्द्रनगर– कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम गर्यो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको उपस्थितिमा भएको कार्यक्रममा स्थानीयवासीले दक्षिण क्षेत्रको विकास एवं लामो समयदेखि ओझेल परेको बेलौरी छोटी भन्सार स्तरोन्नतिका विषय राखेका थिए।
“प्रतिनिधिसभा सदस्यदेखि नगर प्रमुखसम्मलाई ४० वर्षदेखि नबनेको सडकका विषय पटक–पटक आग्रह गर्दा पनि अझै कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्र भएन,” स्थानीय नागरिक अगुवा केशवराज जोशीले भने, “बेलौरी छोटी भन्सारको जग्गामा भएको झाडी सरसफाइ गर्दा हामीले वन मुद्दा खेप्नुपरेको पीडा छ।”
सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ। प्रधानमन्त्रीसम्म सो विषय उठान गर्दासमेत दक्षिण क्षेत्रका नागरिकले आश्वासन मात्र पाएको उनको भनाइ थियो।
सदरमुकाम जान छोटो पर्ने बेलौरी–कलुवापुर खण्ड चार दशकदेखि ठेक्का हुँदै आए पनि अझै कालोपत्र पूरा हुन नसकेको उनले बताए। इलाका प्रहरी कार्यालय बेलौरीको संयोजनमा भएको नागरिक सुनुवाइमा स्थानीय प्रकाशराज पन्तले दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकअन्तर्गत पचुई क्षेत्रमा भारतीय अवरोधले कालोपत्र हुन नसकेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
