केराखेती गर्न थालेपछि वन्यजन्तुबाट आजित हुननपरेको तथा परम्परागत अन्नखेतीभन्दा तेब्बरसम्म आम्दानी हुने गरेको किसान बताउँछन्।
कटारी– कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि केराखेतीमा लागेका छन्।
खाद्यबालीबाट भन्दा केराखेतीबाट बढी आम्दानी हुने भएकाले व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राईले बताए। “४०० जति केराको बोट लगाएको छु, यसबाट आम्दानी लिन थालको छु,” उनले भने, “गत वर्ष पनि झन्डै एक लाखको केरा बेचेँ यस वर्ष अझै बढाएको छु।”
भोटाङे, मर्चे र जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्यबजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङ हो। “पहाडी जिल्लाका व्यापारी घरमै केरा लिन आउँछन् त्यसैले बजार लैजानुपर्ने झन्झट पनि हटेको छ,” कटारी–८ ढापटारका किसान रत्नबहादुर विश्वकर्माले भने, “फलाएपछि भयो, व्यापारीले बारीबाट आफैँ केरा उठाउँछन्।”
केराखेती थालेपछि मकै सखाप पार्ने दुम्सी, सुगा चराबाट आजित हुननपरेको उनको भनाइ छ। स्थानीय किसानले थोरैमा प्रतिघर बर्सेनि ५० हजारदेखि दुई लाखसम्म केराबाटै आम्दानी लिने गरेका जनाइएको छ। पाखो झाडी सफा गरेर केराखेती शुरू गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा मन पराउन थालेको कटारी –८ वडाध्यक्ष नवीन्द्र तामाङले बताए।
नौ रोपनी जग्गामा केराखेती गरिरहेका ढापटारकै मोहन कोइरालाले व्यापारीले बारीमै प्रतिखापा ५० रुपैयाँले लैजाने गर्दा आम्दानी राम्रो भएको बताए। “अझै गाउँगाउँसम्म जाने बाटो राम्रो छैन, त्यसैले मूलबाटोसम्म लैजाने बिचौलियाले यहीँ ८० खापामा बेच्ने गरेका छन्,” उनले भने।
वडाध्यक्ष तामाङका अनुसार वडाका हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलंगेका गरी ४५० हाराहारीका किसानले केराखेती गर्दै आइरहेका छन्। केराखेती फस्टाएपछि कृषि ज्ञान केन्द्रले पनि खेती प्रणालीसम्बन्धी तालिम किसानलाई दिइसकेको छ।
तालिम लिएपछि झनै केराखेतीमा हौसिएका किसानले वडालाई केरा पकेट क्षेत्र बनाउन माग गरेका छन्। परम्परागत अन्नखेतीभन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
