धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिलाई महान्यायाधिवक्ताको कार्यालयले ऐनमा उल्लेख भएअनुसार तीन जनाकै नाम सिफारिस गर्नुपर्ने राय दिएको छ।
काठमाडौँ– महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि कम्तिमा तीन जनाको नाम सिफारिस गर्नैपर्ने सुझाव दिएको छ। बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिलाई महान्यायाधिवक्ताको कार्यालयले ऐनमा उल्लेख भएअनुसार तीन जनाकै नाम सिफारिस गर्नुपर्ने राय दिएको हो।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिसबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वमा रहेको अध्यक्ष सिफारिस समितिले ‘सर्टलिस्ट’मा रहेका उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि भन्दै २ पटकसम्म बोलाउँदा पनि तीन जना अनुपस्थित भएका थिए। उक्त अवस्थामा बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाका बारेमा समितिले महान्यायाधिवक्ताको कार्यालयलाई पत्र पठाएर राय सुझाव मागेको थियो।
त्यसको जवाफमा कार्यालयले ऐनमै तीन जना सिफारिस गर्नुपर्ने व्यवस्था भएको हुँदा दुई जना मात्र सिफारिस गर्न नमिल्ने राय दिएको स्रोतले जनाएको छ। धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ४ मा ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ। अध्यक्षका लागि तीन जना या पाँच जनाको नाम सिफारिस गर्ने अथवा नयाँ प्रक्रियामा जाने विषयमा समिति स्वतन्त्र रहेको कार्यालयको सुझाव छ।
सर्टलिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ अन्तर्वार्तामा गएका थिए भने बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं अनुपस्थित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
