सीबीआईबाट आएको भन्दै दधिकोटका एक व्यक्तिको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– भक्तपुरको दधिकोटका एक व्यक्तिको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोप चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका कृष्णबहादुर बोहरा रहेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले उनीहरूले यही असार ४ गते दिउँसो १ बजे आफूहरू सीबीआईबाट आएको भन्दै सूर्यविनायक नगरपालिका–४, दधिकोटका डिल्लीबहादुर राउतको घरभित्र पसी लुटपाट गरेको बताए।
उनीहरूले परिचयपत्र र खुकुरीसमेत देखाएर राउतको घरबाट अन्दाजी दुई करोड लुटेर लगेको अनुसन्धानबाट खुलेको उनले बताए। लुटेको रकम गोकर्णेश्वर, माकलबारीस्थित भीमबहादुर बस्दै आएको कोठामा लगेर उनीहरूले आपसमा बाँडेको एसएसपी भट्टराईले बताए।
प्रहरीले उनीहरूको साथबाट ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ। घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प.५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नं. को २२० सीसीको मोटरसाइकल, १० थान मोबाइल, लुटिएको रकम बोक्न प्रयोग गरेको झोला, चोरी तथा लुटपाट गर्दा लगाएको कपडा, खुकुरीलगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
