पोलबाट चुँडिएर सडकमा खसेको तारले करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
अछाम– अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्लाको तुर्माखाद गाउँपालिका–६ निवासी १५ वर्षका विमल बिक र १४ वर्षीय झंकर विक घरबाट तुर्माखाँद गाउँपालिका–७ बासकाडा जाने क्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेन्ट लागेको थियो। झंकरलाई करेन्ट लागेपछि बचाउन तान्ने क्रममा विमललाई पनि करेन्ट लागेको थियो।
करेन्ट लाग्दा झंकरलाई बचाउन खोजेका विमलको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
झंकर विक भने घाइते छन्। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी नायब निरीक्षक भीमबहादुर शाहीसहित सात जनाको टोली घटनास्थलतर्फ पठाइसकेको प्रहरी नायब उपरीक्षक पाठकले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
