युक्रेनी शरणार्थी युरोपमा सन् २०२६ सम्म बस्न पाउने

युरोपियन युनियनले रुस–युक्रेन युद्धबाट प्रभावित युक्रेनी शरणार्थीलाई सन् २०२६ मार्चसम्म उनीहरू बसिरहेका ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ।

पलान्का नजिकैको शरणार्थी शिविर। तस्वीर : ईपीए-ईएफई/डुमित्रु डोरू

युरोपियन युनियनले रुस–युक्रेन युद्धबाट प्रभावित युक्रेनी शरणार्थीलाई सन् २०२६ मार्चसम्म उनीहरू बसिरहेका ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ।

हाल करिब ४.२ मिलियन युक्रेनी युरोपियन युनियनमा शरणार्थीका रूपमा दर्ता भएका छन्। जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रले ठूलो संख्यामा शरणार्थीलाई संरक्षण गर्दै आएका छन्।

रुसको दिनहुँजसोको बमबारीले युक्रेनी जनतालाई आतंकित तुल्याइरहेको, अहिले अवस्था सुरक्षित नभएको बेल्जियमको शरण र आप्रवासनका लागि राज्यसचिव निकोल डे मूरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रुसको आक्रमणबाट भागेका मानिसले आफ्नो एकतामा भर पर्न सक्ने बताउँदै डि मुरले जुन महिनाको अन्त्यसम्म युरोपेली संघको अध्यक्षता गर्ने जनाइन्।

सन् २०२२ फेब्रुअरीमा मस्कोले पूर्ण आक्रमण शुरू गरेको केही हप्तापिछे युरोपेली संघले पहिलो पटक युक्रेनीलाई बस्ने अधिकार प्रदान गरेको थियो। प्रारम्भिक सम्झौताअनुसार यसको समय सन् २०२४ मार्च ४ मा समाप्त हुने तय गरिएको थियो।

अस्थायी सुरक्षाबाट लाभान्वितले निवास अनुमति, श्रम बजार र आवासमा पहुँच, चिकित्सा सहायता, सामाजिक कल्याण र शिक्षामा पहुँचसहित युरोपेली युनियन भर समान अधिकार प्राप्त गर्छन्।