‘मदिरा प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीर क्षति, दीर्घरोग, मानसिक स्वास्थ्यमा जोखिम बढाउँछ र दुखद् रूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ,’ डब्लूएचओका महानिर्देशक भन्छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंगलबार मदिराका कारण बर्सेनि करिब ३० मानिसले ज्यान गुमाउने गरेको बताएको छ। हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्य रूपमा उच्च’ रहेको डब्लूएचओको भनाइ छ।
मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण मानिसले ज्यान गुमाउने गरेका छन्। प्रत्येक वर्ष वैश्विकस्तरमा हुने २० मृत्युमध्ये करिब एकको मृत्यु मदिराका कारण हुने गर्छ।
सन् २०१९ मा २६ लाख मानिसले मदिराका कारण ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ। यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युमध्ये ४.७ प्रतिशत थियो। यसमध्ये करिब तीन चौथाइ मृत्यु पुरुष मात्रैको भएको थियो।
“मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीर रूपमा क्षति पुर्याउँछ, दीर्घरोग, मानसिक स्वास्थ्यको जोखिम बढाउँछ र दुखद् रूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ,” डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने।
सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानिमा केही कमी आएको उनले बताए। युवाहरू यसबाट असमान रूपमा प्रभावित भएको उल्लेख गर्दै उनले भने, “तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक व्यवधान अस्वीकार्य रूपमा उच्च बनेको छ।”
सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लूएचओले जनाएको छ
क्यान्सर र कार दुर्घटना
मदिरा सेवनको सम्बन्ध कलेजो सिरोसिस र क्यान्सरजस्ता धेरै स्वास्थ्य अवस्थासँग जोडिएको छ। सन् २०१० मा करिब १६ लाख जनाको मृत्यु गैरसंक्रामक रोगबाट भएको पत्ता लागेको प्रतिवेदनमा उल्लेख छ।यीमध्ये चार लाख ७४ हजार हृदयरोग, चार लाख एक हजार क्यान्सर तथा सवारी दुर्घटना र स्वयंलाई हानि गर्नेजस्ता चोटपटकबाट सात लाख २४ हजारको मृत्यु भएको थियो।
प्रतिवेदनले मदिराको दुरुपयोगले मानिसलाई क्षयरोग, एचआईभी र निमोनियाजस्ता संक्रामक रोगको जोखिम बढाउने औँल्याएको छ।
डब्लूएचओका अनुसार सन् २०१९ मा अनुमानित २० करोड ९० लाख मानिस मदिराको निर्भरतामा बाँचिरहेका थिए। यो विश्व जनसंख्याको ३.७ प्रतिशत हो।
विश्वभरमा प्रतिव्यक्ति मदिराको कुल खपत नौ वर्षअघिको ५.७ लिटरबाट थोरै घटेर सन् २०१९ मा ५.५ लिटर भएको छ। तर समग्रमा मदिराको खपत विश्वभरमा असमान रूपमा भइरहेको डब्लूएचओले जनाएको छ।
युरोपमा अहिलेसम्म प्रतिव्यक्ति मदिरा सेवन गर्नेको उच्चतम स्तर ९.२ लिटर छ। त्यसपछि अमेरिकामा ७.५ लिटर छ। प्रतिवेदनले सबैभन्दा कम खपत मुख्य गरी उत्तरी अफ्रिका, मध्यपूर्व र एशियाका मुस्लिम मुलुकमा रहेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
