लमजुङमा पहिरोले ३ घर पुरिए, ४ जना बेपत्ता

पहिरोमा परेर रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका छन्।

प्रतिनिधिमूलक तस्वीर।

लमजुङ– लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा मंगलबार राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन्। पहिरोमा परी एकजना घाइते भएका छन्। 

लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो। 

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए।