ओखलढुंगामा पहिरोले घर र गोठ पुरियो: १ जनाको मृत्यु, २ घाइते

चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा बुधबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको छ।

फाइल तस्वीर।

ओखलढुंगा– ओखलढुंगामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। 

चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा बुधबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। पहिरोमा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन्।

प्रहरी चौकी सेर्नाबाट खटिएको टोली र स्थानीयको सहयोगमा दुवै जनाको उद्धार गरिएको हो। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। पहिरोले एकतले घर र गोठ पुरिएको छ।