कैद छुटको लागि सिफारिस गर्न योग्य ६२० कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिस भई आएको विभागले जनाएको छ।
काठमाडौँ– कारागार व्यवस्थापन विभागले ६२० जना कैदीबन्दीको नाम कैदकट्टाका लागि सिफारिस गरेको छ। विभागले उक्त सिफारिसमाथि कैफियत भए उजुरी दिनसमेत अनुरोध गरेको छ।
कैदकट्टा नियमावली, २०७६ को नियम ६(३) बमोजिम कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने सम्बन्धमा कुनै उजुरी भएमा विभागमा दर्ता गर्न अनुरोध गरिएको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिए।
“गृह मन्त्रालयको जेठ २२ को पत्रानुसार फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसुर कैदकट्टा नियमावली, २०७६ (तेस्रो संशोधन २०८१), ज्येष्ठ नागरिक ऐन, २०६३ समेतको व्यवस्था बमोजिम कैदीबन्दीको कैदकट्टा गर्ने प्रयोजनका निमित्त सबै कारागार र बालसुधार गृहमा रहेका, प्रचलित कानुन बमोजिम कैद छुटको लागि सिफारिस गर्न योग्य ६२० कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिस प्रमाणित भई आएको छ,” निर्देशक पाण्डेले भने।
उनका अनुसार फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ५८६ जना र ज्येष्ठ नागरिक ऐन, २०६३ दफा १२ बमोजिम कैद भुक्तान गरेका तीन जना छन् ।
यस्तै, सर्वोच्च अदालतको २०८० वैशाख ८ मा भएको फैसलासमेतका आधारमा २०७५ भदौ १ भन्दा अगाडि वारदात भई ४० प्रतिशत कैद भुक्तान गरेका ३१ गरी ६२० कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने प्रयोजनका लागि उक्त सार्वजनिक अनुरोध गरिएको निर्देशक पाण्डेले जानकारी दिए।
उजुरी गर्ने समय असार १५ गतेसम्म तोकिएको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
