क्रिकेट खेल वर्षा वा अन्य कारणले छोट्याउनुपर्दा फ्र्यांक डकवर्थले टोनी लुइससँग मिलेर बनाएको नियम लागू गरिन्छ। यो नियम पहिलो पटक सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग भएको थियो।
वर्षाले प्रभावित क्रिकेट खेलको नतिजा निर्धारण गरिने डकवर्थ लुइस विधिका आविष्कारकमध्ये एक फ्र्यांक डकवर्थको निधन भएको छ। ८४ वर्षीय तथ्यांकविद् डकवर्थको गत शुक्रबार निधन भएको हो।
डकवर्थ र टोनी लुइसले बनाएको यो विधि पहिलो पटक सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग भएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले छोट्याइएका खेलहरूको संशोधित लक्ष्य निर्धारण गर्ने मानकका रूपमा सन् २००१ मा स्वीकार गरेको थियो।
सन् २०१४ मा डकवर्थ र लुइस सेवानिवृत्त भएका थिए। त्यसपछि अस्ट्रेलियाली तथ्यांकविद् स्टिवन स्टर्नले परिमार्जन गरेपछि डकवर्थ-लुइस-स्टर्न अर्थात् डीएलएस विधि नामकरण गरिएको थियो।
डकवर्थ सन् २०१४ सम्म आईसीसीको सल्लाहकार तथ्यांकविद् थिए। डकवर्थ र लुइस दुवैलाई सन् २०१० मा एमबीई (मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर) प्रदान गरिएको थियो।
यस विधिले त्यसबेला प्रयोगमा रहेको वर्षाको नियमलाई प्रतिस्थापन गरेको थियो। यो नियम सन् १९९२ को ओडीआई विश्वकपअन्तर्गत इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच भएको सेमिफाइनलमा विवादित भएको थियो।
डकवर्थ एक शीर्ष तथ्यांकविद् भएको आईसीसीका महाप्रबन्धक वासिम खानले जनाएका छन्। “उनीद्वारा सह-निर्मित डीएलएस विधिलाई हामीले दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग गरिरहेका छौँ,” महाप्रबन्धक खानले एक प्रेस विज्ञप्तिमा भनेका छन्, “खेलमा उनको योगदान अतुलनीय छ र उनको निधनले क्रिकेट जगत् झनै गरिब भएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
