गभर्नर महाप्रसाद अधिकारीले विनिमय सञ्चितिमा सुधार देखिएकाले मुलुकको अर्थतन्त्र सहज अवस्थामा पुगेको बताएका छन्।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन्।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मार्गदर्शन लागू भएको एक महिनामै सुझाव मागिएकाले सोही सुझावका आधारमा केही असहमति भए संशोधन गर्न सकिने बताए। तर, उनले उद्योगीको मागअनुसार चालु पुँजी कर्जासम्बन्धी नीति फिर्ता नहुने संकेत गरे।
“निजी क्षेत्रबाट राष्ट्र बैंकले बजारलाई सुधार गर्न ल्याएका नीतिमा असन्तुष्टि देखिएका छन्। राष्ट्र बैंक सबैसँग अर्थतन्त्रका विषयमा खुला छलफल गर्न तयार छ। यो नीतिको अरू उद्देश्य केही छैन, बैंकबाट लिएको ऋणको सदुपयोग होस् भन्ने हो। कच्चा पदार्थ किन्न लिएको ऋण कच्चा पदार्थ खरिद गर्नकै लागि प्रयोग होस् भन्ने हो”, अधिकारीले भने।
गभर्नर अधिकारीले विनिमय सञ्चितिमा सुधार देखिएकाले मुलुकको अर्थतन्त्र सहज अवस्थामा पुगेको बताए। राष्ट्र बैंकले लिएको नीतिका कारण गत वर्षको तीन महिनामा ८८ अर्बले घाटामा देखिएको शोधनान्तर स्थिति पछिल्लो ३ महिनामा १२ अर्बले बचतमा पुगेको बताए। तथ्यांकको आधारमा अर्थतन्त्रमा सुधार देखिए पनि माग घटेर आर्थिक गतिविधि कम भएको गभर्नर अधिकारीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
