नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

अस्पतालले तोकिएको दरमा बहिरंग, अन्तरंग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ। 

काठमाडौँ– काठमाडाैँको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागू गर्ने सम्झौता भएको छ । 

सम्झौतामा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँ र बीमा बोर्डका तर्फबाट शाखा अधिकृत यशोदा अर्यालले बुधबार हस्ताक्षर गरे। सम्झौताअनुसार अस्पतालले आफ्नै परिसरमा औषधि वितरण कक्षको स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने छ। आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने सम्झौता पाँच वर्षका लागि मान्य हुने अस्पतालले जनाएको छ।

अस्पतालले तोकिएको दरमा बहिरंग, अन्तरंग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ।