सन् १९९५ मा पनि यस्तै घटना बाहिरिएपछि जापानमा अमेरिकी सेनालाई फिर्ता पठाउन माग गर्दै महिनौँसम्म आन्दोलन चर्केको थियो।
जापानको ओकिनावा टापुमा एक अमेरिकी सैनिकमाथि एक किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोप लागेको छ। यस विषयले अमेरिकी सेनाविरुद्ध जापानमा लामो समयदेखि चलिरहेको स्थानीय विरोधलाई सल्काउन सक्छ।
जापानमा तैनाथ ५४ हजार अमेरिकी सेनामध्ये आधा भन्दा बढी ओकिनावा टापुमै बस्छन्। अमेरिकी सैनिकले गरेको यौन दुर्व्यवहारका घटनाले स्थानीय जनतामा पनि आक्रोश बढेको छ। सन् १९९५ मा यस्तै एउटा घटना बाहिर आएको थियो। तीन अमेरिकी कर्मचारीले १२ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। त्यसपछि महिनौँसम्म आन्दोलन चर्केको थियो।
अमेरिकी सैनिक विरुद्धको पछिल्लो आरोपकी पीडित किशोरीको उमेर १६ वर्षभन्दा कम छ। गत डिसेम्बरमा नै २५ वर्षीय वायुसेना सिपाहीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार बालिकाको परिवारको उजुरीपछि सुरक्षा क्यामेराबाट सिपाहीको पहिचान भएको हो।
सिपाहीलाई मार्चको अन्त्यमा अभियोग लगाइएको थियो र त्यसबेलादेखि ती सिपाही जापानी अधिकारीहरूको हिरासतमा छन्। जापान सरकारका प्रवक्ता योशिमासा हयासीले मंगलबार आरोपको बारेमा सार्वजनिक जानकारी दिएका थिए।
हयासीले भने, "हामी अमेरिकी पक्षलाई हरेक अवसरमा त्यस्ता घटनाहरू रोक्न आग्रह गर्न जारी राख्नेछाैँ।" उनले अमेरिकी अधिकारीहरूले अनुसन्धानमा पूर्ण सहयोग गरेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
