मनसुन भित्रिएपछि कूल १४७ विपद्का घटना भएको र ती घटना परेर २८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
काठमाडौँ– मनसुन भित्रिएपछि (जेठ २८ देखि असार १२ गतेसम्म) भएका विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन्।
गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन्। यसबीचमा कूल १४७ विपद्का घटना भएको र ती घटना परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको छ। पहिरोबाट १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ। १० वटा घर आंशिक क्षति भएको छ। पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको छ। यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्।
सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ। चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
