पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ।
काठमाडाैँ– पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ। गत मंगलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले बिहीबार पनि निरन्तरता पाएको हो।
यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ को विन्दुमा कायम भएको हो। आज ३३३ कम्पनीको ८९ लाख एक हजार १९५ कित्ता शेयर ५० हजार २८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार ८२४ रुपैयाँमा खुम्चिएको छ। आजको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार रुपैयाँ बराबर कायम भएको छ।
बैंकिङ, म्युचुअल र अन्य समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह २.२३ र व्यापार समूह १.३९ प्रतिशतले घटेको छ। विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.५१, जलविद्युत् ०.४५, लगानी ०.२०, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन १.१७, लघुवित्त ०.९५ र निर्जीवन समूह ०.६६ प्रतिशतले घटेको छ।
त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ७.०९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाईनान्स लिमिटेडको २२ अर्ब ७६ करोड ४१ लाख ८०९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चार लाख दुई हजार ४९९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
