उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको र यसले जोखिम निम्त्याउने सम्भावना बढेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।
प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै संख्यामा विस्फोटक पदार्थ बोक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन्।
प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ। दक्षिण कोरियाका अधिकारकर्मीले उत्तरतर्फ पठाएका मानव अधिकार सुरक्षासम्बन्धी सन्देशसहितका बेलुन पठाएको प्रतिशोधस्वरूप प्योङयाङले दक्षिण कोरियामाथि फोहोरले भरिएको बेलुनहरू पठाएको थियो।
बेलुनले सियोलको प्रमुख हब इन्चोन विमानस्थललाई बुधबार बन्द गर्न बाध्य बनाएको थियो र लगातार प्रक्षेपणहरूको प्रतिक्रियामा, दक्षिणले तनाव कम गर्ने सैन्य सन्धिलाई पूर्ण रूपमा निलम्बन गरेको छ र सीमा नजिकै प्रोपोगान्डा लाउडस्पिकर प्रसारण र प्रत्यक्ष–फायर अभ्यास पुनः शुरू गरेको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)का अनुसार उत्तर कोरियाले ‘व्यक्तिगत मोबाइल वारहेडको पृथकीरण र मार्गदर्शन नियन्त्रण परीक्षण सफलतापूर्वक सम्पन्न गरेको’ दाबी गरेको छ।
अघिल्लो दिन गरिएको परीक्षणका क्रममा ’छुट्टाछुट्टै मोबाइल वारहेडलाई सही तरिकाले तीन वटा ‘कोअर्डिनेट टार्गेट’मा डोर्याएको बताइएको छ। केसीएनएले भनेको छ, “यो परीक्षण एमआईआरभी क्षमता सुरक्षित गर्ने उद्देश्यले गरिएको हो। यसमा धेरै स्वतन्त्र रूपमा टार्गेट गर्न सकिने रिएन्ट्री भेहिकल टेक्नोलोजी वा एउटै ब्यालेस्टिक क्षेप्यास्त्रमा धेरै वारहेड प्रहार गर्ने क्षमता उल्लेख गरिएको छ।
दक्षिण कोरियाली सेनाले यसअघि बुधबार उत्तर कोरियाले गरेको परीक्षण हाइपरसोनिक क्षेप्यास्त्रको जस्तो देखिएको बताएको थियो। उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको देखिएको र यसले दहनको समस्या निम्त्याउने सम्भावना बढेको अधिकारीहरूले बताएका छन्।
केसीएनएका अनुसार यो परीक्षण १७० देखि २०० किलोमिटरको परिधिभित्र मध्यम दूरीको ठोस इन्धन ब्यालिस्टिक क्षेप्यास्त्रको पहिलो चरणको इन्जिन प्रयोग गरिएको थियो। सियोलको सेनाले बिहीबार बिहानसम्म उत्तरी ग्योन्गी प्रान्त र सियोल क्षेत्रमा करिब ७० वटा बेलुन अवतरण भइसकेका जनाएको छ।
“करिब १० किलोग्राम तौल भएका बेलुनहरू द्रूत गतिमा तल झर्दा खतरा हुन्छ,” उसले भनेको छ। यस्तै, पछिल्ला बेलुनहरूको प्रतिक्रिया ‘रणनीतिक र परिचालन स्थिति'को आधारमा लचिलो हुने र त्यो उत्तर कोरियाको गतिविधिमा निर्भर हुने सेनाले विज्ञप्तिमा भनेको छ।
दक्षिण कोरियाको मरिन कोरले बुधबारदेखि पश्चिमी अन्तरकोरियाली सीमा नजिकका टापुहरूमा प्रत्यक्ष फायर अभ्यास पुनः शुरू गरेको छ। सन् २०१८ मा उत्तर कोरियासँगको तनाव कम गर्ने सैन्य सम्झौतापछि यो अभ्यास पहिलो पटक सुरू गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
