काठमाडौँको सीतापाइलामा कार दुर्घटना, चालकको मृत्यु

कल्भर्टमा कार खस्दा घाइते भएका नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ– काठमाडौँको सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो।

बिहीबार राति दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो। शुक्रबार बिहान स्थानीयले उनलाई गम्भीर अवस्थामा उद्धार गरेका थिए। मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।