२०७८ सालको बाढीले झोलुंगे पुल बगाएपछि कुनै निकायले बनाउने चासो दिएका छैनन्। पुल नहुँदा फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्।
मान्म– कालिकोटको नरहरिनाथ गाउँपालिका– १ कोटवाडा र ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुंगे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ।
झोलुंगे पुल बनाउन सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो। २०७८ सालको बाढीले झोलुंगे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का सदस्य कटकबहादुर विष्टले बताए।
“झोलुंगे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु,” उनले भने, “पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवतजावतमा समस्या भएको छ।”
झोलुंगे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवतजावतमा समस्या हुने गरेको नरहरिनाथ गाउँपालिका–८ का प्रकाश विष्टले बताए।
झोलुंगे पुल बनाउन स्थानीयले तीनवटै तहका सरकारसँग पटक–पटक माग गरेका छन्। अहिलेसम्म कसेले चासो नदिएको नरहरिनाथ गाउँपालिका–९ लालुका नागरिक समाजका अगुवा किशोरकुमार रावलले बताए।
पुल नहुँदा फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
