भूकम्पको धक्का राजधानी लिमासम्म महसुस गरिएको थियो। प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरुका सरकारी अधिकारीले जनाएका छन्।
पेरुको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ।
यूएसजीएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाएको छ। भूकम्पको धक्का राजधानी लिमासम्म महसुस गरिएको थियो।
प्यासिफिक सुनामी वार्निङ सेन्टरले तटीय क्षेत्रमा तीन मिटरसम्मको छाल आउन सक्ने चेतावनी दिएको छ। भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको एएफपीले जनाएको छ। तर भूकम्पको ठूलो धक्का महसुस गरिएकाले केन्द्रबिन्दु आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ।
भूकम्प प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरुका सरकारी अधिकारीले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
