पाँचौ विश्वकप खेलिरहेको मेस्सी विश्वकपमा दुई पेनाल्टी 'मिस' गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। उनले अहिलेसम्म ३१औँ पेनाल्टी मिस गरेका छन्।
काठमाडौँ– कतार विश्वकप २०२२ अन्तर्गत बुधबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र पोल्यान्ड भिडेका थिए। स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी पेनाल्टीमा चुके।
खेलको ३९औँ मिनेटमा बल बचाउने क्रममा पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले मेस्सीको अनुहारमा प्रहार गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। तर, मेस्सीले गरेको प्रहार सेचेज्नीले रोके।
यद्यपि, म्याक एलिस्टर र जुलियन अल्भारेजले १/१ गोल गरे, अर्जेन्टिनाले खेल २-० ले जित्यो। पहिलो खेलमा साउदी अरबसँग १-२ गोलले पराजित भएको टोलीले समूह 'सी'को अन्तिम दुई खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा उक्लिँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ।
तर, यो खेलमा मेस्सीले एउटा अनावश्यक कीर्तिमान आफ्नो नाममा राखेका छन्। पाँचौ विश्वकप खेलिरहेको मेस्सी विश्वकपमा दुई पेनाल्टी 'मिस' गर्ने विश्वकै पहिलो खेलाडी बने। उनले समग्रमा करियरको ३१औँ पेनाल्टी मिस गरेका हुन्। पहिलो हाफमा सेचेज्नीले आठ उत्कृष्ट बचाउ गरेका थिए। जसमा मेस्सीको पेनाल्टी पनि समावेश छ। खेलाडीले विरलै पेनाल्टी मिस गर्छन्।
खेलभर अर्जेन्टिना दबाबमा रह्यो। पोल्यान्डविरुद्धको खेलमा मेस्सीले गोल नगरे पनि शुरूदेखि नै आक्रामक खेलको नेतृत्व गर्दै अर्जेन्टिनाले पोल्यान्डको टोलीलाई निरन्तर दबाबमा राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
