नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा बाैद्धबाट पक्राउ परेका छन्।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्। थापालाई शुक्रबार बौद्धबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत जेठ १० गते काठमाडौँ जिल्ला अदालतमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। त्यसमध्ये एक प्रतीक पनि हुन्। बुवा गृहमन्त्री भएकाबेला शरणार्थी प्रकरणमा उनी पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
सम्बन्धित समाचार
नक्कली शरणार्थी प्रकरणमा पक्राउ नपरेका ‘तीन पात्र’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिले दबाइएका तथ्यहरू अब खुल्लान्?
नक्कली भुटानी शरणार्थी: कसको भूमिका के थियो?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
