बागलुङमा दम्पती घरसहित पहिरोमा पुरिए

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङखण्ड पनि अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ।

फाइल तस्वीर।

बलेवा– बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन्।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेलले जानकारी दिए। उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ। 

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ। पहिरोका कारण कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ।