नक्कली शरणार्थी गिरोहमाथि प्रहरी अनुसन्धान र आरोपी पक्राउ शुरू भएयता फरार रहेका झा भारतका विभिन्न शहरमा बस्दै आएको जानकारी गृह प्रशासनले पाएको थियो।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पहुँच र प्रभाव देखाउँदै सिंहदरबार, बालुवाटारदेखि भारतीय दूतावाससम्मको हवाला दिएर ‘समन्वयकारी’ भूमिका निभाउने प्रमुख पात्र बेचन झा शुक्रबार राति पक्राउ परेका छन् ।
नक्कली शरणार्थी गिरोहमाथि प्रहरी अनुसन्धान र आरोपी पक्राउ शुरू भएयता फरार रहेका झा भारतका विभिन्न शहरमा बस्दै आएको जानकारी गृह प्रशासनले पाएको थियो। यो प्रकरणमा संलग्न देखिएर एक वर्षयता पुर्पक्ष थुनामा रहेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डे र हाल धरौटीमा रिहा भएका अर्का प्रतिवादी रामशरण केसीले बयानका क्रममा बेचन झाको सक्रिय भूमिकाबारे बताएका थिए। पाण्डेले प्रहरी र अदालतमा दिएको बयानमा भनेका छन्, “मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस बिषयमा थप गहिराइमा पुग्न सकिन्छ।”
यो पनि: नक्कली शरणार्थी प्रकरणमा पक्राउ नपरेका ‘तीन पात्र’
यसैगरी, नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चको विषयगत कागजात मन्त्रीपरिषद्बाट पारित गराउनमा आफ्नो भूमिका रहेको दाबी गर्ने झाका बारेमा थप कागजी र साक्षी प्रमाण फेला परेपछि गृह मन्त्रालयले थाती रहेको नक्कली शरणार्थी अनुसन्धान प्रक्रियालाई अघि बढाएको हो।
मध्य बानेश्वरमा घर रहेका झासँग रहेको नागरिकता पनि सन्देहास्पद रहेको र शरणार्थी गिरोहका योजनाकार केशव दुलाल, सानु भण्डारी (हाल नख्खु काराकार)सँग बाक्लो सम्पर्क रहने गरेको बयानबाट खुलिसकेको छ। प्रहरी अनुसन्धान क्रममा प्रतिवादी रामशरण केसीले झालाई बुझाएको २ करोड रुपैयाँको चेक, केही अडियो रेकर्ड तथा अन्य तस्वीर प्रमाणसमेत संलग्न गर्दै झालाई पक्राउ गर्न गोप्य अभियान चलाइएको थियो।
गृह मन्त्रालय स्रोतका अनुसार, नक्कली शरणार्थी प्रकरणमा राजनीतिक उच्चपदस्थ व्यक्तिको संलग्नताको आधार पहिल्याउन पनि एक वर्षयता फरार रहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापा, गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई (हाल सेन्ट्रल जेल)का छोरा नीरज राई र बेचन झाको पक्राउ गर्न तदारुकता अपनाइएको हो।
यस क्रममा शुक्रबार दिउँसो बादलपुत्र थापा र राती झालाई पक्राउ गरेर टेकुस्थित जिल्ला प्रहरी परिसरलाई जिम्मा लगाएको बुझिएको छ। झालाई भारतीय नेपाल–सीमावर्ती बिन्दुबाट पक्राउ गरिएको स्रोतले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
