प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भएको भेटवार्तामा सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने सहमति भएको छ।
काठमाडौँ– मधेशबाट उदाएको नयाँ दल, जनमत पार्टी सरकारमा जाने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भएको भेटवार्तामा सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने सहमति भएको हो।
जनमत पार्टीका अध्यक्ष राउतले सरकारमा जाने विषयमा लिखित सहमति नभए पनि आफूहरूबीच सकारात्मक संवाद भएको बताए। “प्रधानमन्त्रीसँग आज संवाद भएको छ। हामी छलफलमै छौँ”, उनले भने, “हाम्रो मुद्दा सम्बोधन गर्ने सवालमा प्रतिबद्धता खोज्दै छौँ।”
उनले सरकारमा सहभागी हुँदा कस्तो अवस्थामा सहभागी हुने भन्ने विषयमा अझै छलफल बाँकी नै रहेकोसमेत बताए।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री देउवासँग संवादका लागि राउतलाई बालुवाटार लगेका थिए। निधिले राउतसँग सरकारमा सहभागिताबारे सहमति भइसकेको दाबी गरेका छन्।
वार्तापछि ट्विट गर्दै निधिले लेखेका छन्, “अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकारात्मक र परिणाममूलक वार्ता भएको छ।”
उनले गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको पनि उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
