जेलेन्स्कीले यसलाई कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग हाल कुनै वार्ता नभएको पनि प्रष्ट पारे।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ।
“विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नो लागि धेरै महत्त्वपूर्ण छ,” युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किएभमा आयोजित पत्रकार सम्मेलनमा भने। उनले यो कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग हाल कुनै वार्ता नभएको पनि प्रष्ट पारे।
युक्रेन र रुसबीच हालसम्म कुनै वार्ता नभएकाले जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा सम्भावित शान्ति सम्झौताका शर्तहरूको कुरा गर्दा दुई पक्ष पहिलेभन्दा धेरै टाढा देखिन्छन्। शान्ति वार्ता शुरू हुनअघि युक्रेनले बारम्बार क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रुसले आफ्नो सेना फिर्ता लिनुपर्ने बताउँदै आएको छ।
यद्यपी २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण शुरू गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेका छन्। यही महिना (जुन)को शुरूमा युक्रेनी राष्ट्रपतिले स्विजरल्यान्डमा एउटा अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरेका थिए। सम्मेलनमा युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन।
स्विजरल्यान्डमा भएको दुई दिने शिखर सम्मेलनमा ९० भन्दा बढी देशहरूले नेता र वरिष्ठ अधिकारीहरू पठाएको र अधिकांशले युक्रेनको ‘क्षेत्रीय अखण्डतालाई सम्झौतामा सम्मान गर्नुपर्ने कुरामा जोड दिने अन्तिम विज्ञप्ति जारी गर्न सहमत भएको अल जजिराले जनाएको छ।
यसबाहेक, रुसी सेना युक्रेनको क्षेत्रमा बिस्तारै अघि बढिरहेका छन् भने शुक्रबार अर्को अग्रपंतीमा रहेको सानो गाउँ कब्जा गरेको दाबी रुसले गरेको छ। मस्कोले हाल युक्रेनको लगभग २५ प्रतिशत स्थान ओगटेको र सन् २०२२ मा चार वटा क्षेत्रहरू कब्जा गरेको दाबी गरेको छ।
यसअघि बिहीबार ब्रसेल्समा भएको ईयू काउन्सिल शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र ‘विस्तृत योजना’ अगाडि राख्ने बताएका थिए। जेलेन्स्कीले सैनिक र नागरिकबीचको उच्च हताहतको कहालीलाग्दो दरलाई औँल्याउँदै द्वन्द्व अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
