२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा बागलुङका चार र हुम्लाका तीन किसान आ-आफ्नो जिल्लामा पुरस्कृत भएका हुन्।
काठमाडाैँ– बागलुङ र हुम्लामा उत्कृष्ट कृषकहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ।
२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा बागलुङका चार र हुम्लाका तीन कृषक आ–आफ्नो जिल्लामा पुरस्कृत भएका हुन्। सुन्तला खेतीतर्फ बागलुङ नगरपालिका–८ सिगानाका कृषक अनन्तबहादुर खड्का, तरकारी खेतीतर्फ बागलुङ नगरपालिका–९ तित्याङका पदमबहादुर खत्री, स्याउ र आलु खेतीतर्फ ढोरपाटन–९ स्थित उत्तरगंगा अर्गानिक एग्रोका चिरनकुमार घर्ती र बागलुङ नगरपालिका–१२ स्थित कालीगण्डकी दूग्ध उत्पादक सहकारीका कृष्णप्रसाद लाछिानेलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए। उनीहरूलाई नगद १०/१० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको ज्ञान केन्द्रले जनाएको छ।
यस्तै, कर्णाली प्रदेश मुख्यमन्त्री उत्कृष्ट कृषक कार्यक्रमअन्तर्गत तीन जना कृषकलाई पुरस्कृत गरिएको छ। नाम्खा गाउँपालिका–१ लामु तामाङ, चङ्खेली गाउँपालिकाका गोविन्द जैसी र छिरिङ लामालाई नगदसहित सम्मान गरिएको हो। तामाङलाई ४० हजार, जैसीलाई ३० हजार तथा छिरिङलाई २० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए।
तरकारी, फलफूल र दूधलगायत उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने पुरस्कृति कृषकहरुको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
