व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोड हुनेछन्।
काठमाडौँ– विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतिस्पर्धाका लागि आवेदन खुला गरिएको छ।
शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाइँ उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगिताको आवेदन खुला गरिएको हो। प्रतियोगितामा विभिन्न स्थानीय तहहरू, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी रहेको छ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको होस्ट महानायक राजेश हमाल रहेका छन्। व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्। जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्यांकन गर्नेछ। निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्वसचिव डा.योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा.नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्।
प्रतियोगिता ‘र’ कृषि उद्यमशिलतालाई प्रवर्दन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको आयोजकको दाबी छ। जसमा दिगो र नवीन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषिसम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिनेछ। कृषिको महत्त्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रूपमा प्रस्तुत गर्ने प्रतियोगिताको उद्देश्य रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
