निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ३ लाख ५९ हजार ५५० मत गणना हुँदा २७ लाख ६६ हजार ९७६ मत प्राप्त गरी एमाले सबैभन्दा अगाडि देखिएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ५९ हजार ५५० मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ।
निर्वाचन आयोगले अपराह्न ५:५० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६६ हजार ९७६ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३५ हजार ८५३ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ।
यसैगरी, ११ लाख ६० सात ८९८ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार ६३९ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८५ हजार २५७, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९२४ र जनमत पार्टी ३ लाख ९४ हजार २७६ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन्। थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९३ हजार ९५७ मत प्राप्त गरेको छ। नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६४६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १ लाख ६७ हजार २७७ र नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४० मत प्राप्त गरको छ। समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
