लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र पम्पमासमेत पानी आउन छाडेपछि धान रोपाइँ गर्न समस्या भएको किसानले बताएका छन्।
सुदूरपश्चिम– रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन्। सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ गरिरहेका छन्।
लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र पम्पमासमेत पानी आउन छाडेपछि रोपाइँ कसरी गर्ने भन्ने समस्या आएको धनगढीका किसान हरि चौधरीले बताए। “बोरिङ सुकेर जमिनमुनिको पानी आउन छाड्यो, मनसुनी वर्षा हुँदैन,” उनले भने, “पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न पाएका छैनौँ।”
धनगढीमा शनिबार खेत जोत्दै गरेको भेटिएका चौधरीले कतिपय गाउँबस्तीमा बोरिङ र पम्पबाट पानी आउन बन्द भएको घटना गाउँमा पहिलो पटक अनुभव भएको सुनाए।
पर्याप्त वर्षा नभएपछि असार १५ सम्म प्रदेशमा ४० प्रतिशत जग्गामा मात्रै रोपाइँ भएको कृषि निर्देशनालय दिपायलले जनाएको छ। प्रदेशको झन्डै ४४ प्रतिशत जग्गामा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था छ। सतह सिँचाइ र भूमिगत पानीको सिँचाइसमेत गरी प्रदेशभरि ५६ प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको जनाइएको छ।
निर्देशनालयका निमित्त प्रमुख नरेन्द्र पनेरुले यस वर्ष पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको बताए। उनका अनुसार गत वर्ष असार १५ सम्म ८० प्रतिशत जग्गामा रोपाइँ सकिएको थियो।
पहाडी जिल्ला बैतडीमा सबैभन्दा बढी ६६ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ। सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २५ प्रतिशतमा मात्र रोपाइँ भएको छ।
प्रदेशमा एक लाख ७४ हजार ५५६ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ। जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा रोपाइँ हुन्छ।
सबैभन्दा कम बाजुरा जिल्लामा तीन हजार ३१० हेक्टर जग्गामा रोपाइँ हुन्छ। धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ। केही दिनदेखि मनसुन सक्रिय रहे पनि कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
